९ भदाै, काठमाडाैँ ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीका नेताहरुको सनाखत भएको छ । निर्वाचन आयोगमा बुधवार सो पार्टीका नेता तथा सांसदहरुको सनाखत भएको हो । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेबाट विभाजित नेपाल पक्षका नेताहरुले सरकारले २० प्रतिशत पुर्याएर पार्टी विभाजन गर्न सकिने राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएसँगै नेपाल पक्षले निर्वाचन आयोगमा पार्टी दर्ता गरेको हो ।
नेपाल पक्षको नेकपा (एकीकृत समाजवादी) पार्टीका ३० सांसद र ५५ जना केन्द्रीय सदस्यहरुले सनाखत गरेसँगै पार्टीले निर्वाचन आयोगमा दल दर्ता प्रमाणपत्र पाउने भएको छ । सनाखतपछि सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा नेकपा (एकीकृत समाजवादी) पार्टीका नेता मेटमणी चौधरीले हालमा ५५ जना केन्द्रीय सदस्य र ३० जना सांसदहरुले सनाखत गरेको र विक्रम शाही, सोमप्रसाद पाण्डे,रामप्रित पासवान र राजन राई ४ जनाको सनाखतका बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको बताए । उनले सांसदहरुमा सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदादेवी भट्टको पनि सनाखत गर्न निर्वाचन आयोगले दिए ३४ जना सांसद पुग्ने बताए । उनले भने, “५६ मध्ये भाष्कर काफ्ले बाहेक, ५५ जना केन्द्रीय सदस्यहरुले सनाखत गर्नुभएको छ, जीएन (झलनाथ खनाल) कम्रेड अहिले उपचाररत हुनुहुन्छ, उहाँले पनि सनाखत गरिसक्नुभएको छ, विक्रम शाही लगायत अन्य ४ जना केन्द्रीय सदस्यहरुको बारेमा निर्वाचन आयोगमा छलफल भइरहेको छ, यदि उहाँहरुले पनि सनाखत गर्न पाउनुभयो भने यो संख्या ५९ पुग्छ, त्यस्तै सांसदहरुमा ३० जनाले सनाखत गर्नुभएको छ, सोमप्रसाद पाण्डे, माया ज्ञवाली, तुलसा थापा र शारदा भट्टको सनाखत बाँकी छ, निर्वाचन आयोगले दिएमा सांसदहरुको संख्या ३४ हुन्छ, हामीले अपेक्षा गरेको भन्दा धेरै सनाखत भएको छ ।”
नेता चौधरीले नेकपा (एकीकृत समाजवादी) पार्टी ४ महिना पछाडि सबैभन्दा ठूलो पार्टी बन्ने बताए । माधव नेपाल पक्षका सांसदहरुको दल दर्ताको निवेदनपछि निर्वाचन आयोगले सनाखतका लागि बुधवार ११ बजेदेखि २ बजेसम्मको समय दिएको थियो ।
केन्द्रीय सदस्यहरु
माधवकुमार नेपाल
मुकुन्द न्यौपाने
प्रदीप नेपाल
डा। बेदुराम भुसाल
प्रमेशकुमार हमाल
राजेन्द्रप्रसाद पाण्डे
डा।विजयकुमार पौडेल
डा। गंगालाल तुलाधर
प्रकाश ज्वाला
नागेन्द्रप्रसाद चौधरी
जयन्ती राई
तुलबहादुर गुरुङ
जगन्नाथ खतिवडा
प्रतापलाल श्रेष्ठ
जीवनराम श्रेष्ठ
धर्मनाथ प्रसाद साह
रामचन्द्र यादव
यदुवंश झा
रत्नेश्वर गोइत यादव
श्रीप्रसाद साह
रविन्द्र बैठा धोवी
लक्ष्मण पौडेल
मदनकुमारी शाह गरिमा
देवशंकर पौडेल
विरोध खतिवडा
मेटमणि चौधरी
विश्वनाथ प्याकुरेल
प्रेमलकुमार खनाल
विजय गुरुङ
सावित्रा भुसाल
रामकुमारी झाँक्री
गौरा प्रसाईं कोइराला
रामकुमार ज्ञवाली
खगेन्द्र चुडाल
सरलाकुमारी यादव
सुधिरप्रसाद साह
कल्याणीकुमारी खड्का
शत्रुधन महतो
रामचन्द्र साह
दिनेशकुमार राई
हंशबहादुर शाही
शेरबहादुर केसी
निरादेवी जैरु
प्रेमबहादुर आले
भागवत नेपाली
चुडामणि विक जंगली
धनेन्द्र बस्नेत
राजेन्द्रकुमार राई
बलदेव चौधरी
डा। देउमान सम्बाहाम्फे
भाष्कर काफ्ले
कृष्णप्रसाद खनाल
महम्मद महफुज अन्सारी
हरिप्रसाद पराजुली
केदार न्यौपाने