रेशम चौधरीको हस्ताक्षर सनाखत भएन

रेशम चौधरीको हस्ताक्षर सनाखत भएन

९ भदौ, काठमाडौँ ।
जनता समाजवादी पार्टी विभाजन भई बनेको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि भने सांसद रेशम चौधरीको हस्ताक्षर सनाखत नभएको निर्वाचन आयोगले जनाएको छ ।

महन्थ ठाकुर पक्षले निर्वाचन आयोगमा दिएको दल दर्ता निवेदनमा नै चौधरीको नाम समावेश नभएकाले उनको हस्ताक्षर सनाखत नभएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । डिल्लीबजार कारागारमा रहेका चौधरीले कारागारबाटै सनाखतका लागि हस्ताक्षर पठाएका थिए ।

भदौ २ गते सरकारले दल विभाजन अध्यादेश ल्याएपछि महन्थ ठाकुरले दल दर्ताका लागि दिएको निवेदनमा चौधरीको नाम समावेश थियो । तर आयोगले भदौ ४ गते अध्यादेश अनुसार राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेपछि पुनः दल दर्ता निवेद माग गरेको थियो । त्यतिबेला भने लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि चौधरीको नाम राखिएको थिएर सोही कारणले सनाखत नभएको प्रवक्ता श्रेष्ठले बताए ।

टीकापुरमा भएको थारु समुदायको आन्दोलनका क्रममा सुरक्षाकर्मीसहित ८ जना मारिएको घटनामा दोषी ठहर भई चौधरी हाल कारागारमा रहेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.