१० भदाै, काठमाडौं-।
निर्वाचन आयोगले नेकपा (एकीकृत समाजवादी)लाई दर्ताको प्रमाणपत्र प्रदान गरेकै दिन पार्टीका अध्यक्ष माधव नेपाललाई भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवालेले भेटेका छन्। चौथाइवालेले बुधबार राति नेपालसँग भेटवार्ता गरकेा हुन् ।
चौथाईवालेले सामाजिक सञ्जाल ट्विटरमार्फत नेपालको बसाईको क्रममा अन्तिम भेटवार्ता अध्यक्ष नेपालसँग गरेको जनाएका छन् ।
उनले लेखेका छन्, ‘काठमाडौंमा मेरो अन्तिम भेट वरिष्ठ कम्युनिस्ट नेता तथा नेपालका पूर्वप्रधानमन्त्री माधव नेपालजीसँग साँझ भएको थियो, द्विपक्षीय सम्बन्धलाई अगाडि बढाउने विषयमा फलदायी छलफल भयो।’
यसअघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, गृहमन्त्री बालकृष्ण खाँण, अर्थमन्त्री जनार्दन शर्मा, कानूनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, पूर्वमन्त्री वर्षमान पुन, नेकपा (एमाले) का उपमहासचिव विष्णु पौडेललगायतसँग भेटवाता गरेका थिए ।