१० भदौ, विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले आज पदबाट राजीनामा दिने तयारी गरेका छन् । स्रोतका अनुसार आज दिउँसो ११ बजे बोलाईएको नेकपा एमाले संसदीय दलको बैठमा राइले एमाले संसदीय दलको नेताबाट राजिनामा दिने तयारी छ । एमाले नेता भीम आचार्यलाई मुख्यमन्त्री बनाउनका लागि राईले पदबाट राजीनामा दिने तयारी गरेका हुन् ।
आजको संसदीय दलको बैठकले आचार्यलाई संसदीय दलको नेता चयन गर्ने जनाइएको छ । संसदीय दलको बैठकले आचार्यलाई नेता चयन गरेपछि मुख्यमन्त्री शेरधन राईले मूख्यमन्त्रीको पदबाट पनि राजिनामा दिने र आजै आचार्यले मुख्यमन्त्रीको सपथ लिने तयारी पनि भइरहेको छ ।
९३ सदस्यीय प्रदेश १ को प्रदेशसभामा एमाले एक्लैसँग ५१ सांसद छन् । जुन प्रदेशसभाको स्पष्ट बहुमत हो । एमालेलाई प्रदेशसभामा बहुमतका लागि ४७ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रदेश १ मा एमालेबाट माधकुमार नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादीमा जाने सांसदको संख्या ९ जना रहेको भनिए पनि त्यो संख्या घटेकोले एमालेको एकल सरकार बन्ने सम्भावना छ ।