ब्रेमेरको पोष्टमा बायर्नको १२ गोल

ब्रेमेरको पोष्टमा बायर्नको १२ गोल

१० भदौ, काठमाडौं ।

जर्मन कप फुटबलमा ब्रेमेर एसभीले बायर्न म्युनिखसँग लज्जास्पद हार बेहोरेको छ ।

बुधबार राति भएको खेलमा बायर्नले १० खेलाडीमा सीमित पाँचौं डिभिजन क्लब ब्रेमेर एसभीलाई १२–० गोलले पराजित गरेको हो ।

बायर्नको जितमा एरिक म्याक्सिम मोटीङ एक्लैले चार गोल गरे । जमल मुसिलाले दुई गोल गरे । यस्तै लोरी साने, मलिक टिलम्यान, माइकल कुइसन्स, बोउना सार र कोरेन्टिन टोलिस्सोले एक एक गोल गरे । ब्रेमेरका जान वार्मले एक आत्मघाती गोल गरे ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.