पार्टी बिभाजनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक आज

पार्टी बिभाजनपछि एमालेको पहिलो केन्द्रीय कमिटी बैठक आज

१० भदौ, काठमाडौं ।

पार्टी विभाजनपछि नेकपा एमालेको पहिलो केन्द्रीय कमिटी बैठक आज बस्दैछ ।

बैठक मध्याह्न १२ बजे तुल्सीलाल प्रतिष्ठान भवनमा बस्ने पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । बैठकमा १० बुँदे कार्यान्वयनको मोडालिटीदेखि एमाले फुटाएर जानेहरुलाई कारबाहीसम्मका विषयमा छलफलको तयारी छ ।

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफ्नो अध्यक्षतामा नयाँ पार्टी नेकपा एकीकृत समाजवादी दर्ता गरेपछि एमालेमा हुँदा उनलाई साथ दिएका १० स्थायी कमिटी सदस्यसहित ५७ जना संस्थापन पक्षमा लागेका छन् ।

सर्वोच्च अदालतको फैसलापछि व्यूतिएको एमालेमा अर्को पक्षसहित बस्न लागेको यो बैठक पनि पहिलो हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.