‘हामीलाई पनि कांग्रेसको इतिहास थाहा छ, कस्ता–कस्ता तानाशाहलाई ढालेका छौँ’

‘हामीलाई पनि कांग्रेसको इतिहास थाहा छ, कस्ता–कस्ता तानाशाहलाई ढालेका छौँ’

१० भदौ, काठमाडौं ।

सत्तारुढ दल नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा तानाशाह बन्न खोजेको आरोप लगाएका छन् ।

बिहीवार नेपाल महिला सङ्घ काठमाण्डौले मङ्गलादेवी सिंहको २५ औँ स्मृति दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा नेता सिंहले पार्टी क्रियाशील सदस्यता मनलाग्दी गरेको र अब उनीहरूलाई सम्मान व्यवहार नगरेर तानाशाह बन्न खोजे त्यो सह्य नहुने बताए ।

उनले सभापति देउवाले आफ्नो पक्षका क्रियाशील सदस्यलाई कुनै समयसीमामा नराख्ने र अरूलाई मात्रै नीति, नियममा राख्ने किसिमको व्यवहार गर्न नमिल्ने बताए ।

नेता सिंहले सभापति देउवाले जान्दा जान्दै पनि हरेक चार वर्षमा गर्नुपर्ने महाधिवेशनलाई पदमा बस्नका लागि पार्टीको विधान मिचेको बताऐ । उनले भने, विधि, प्रक्रिया पूरा गर्ने, पदमा बस्ने, पार्टी सभापति हुने तर पार्टी सभापति भएपछि हरेक चार वर्षमा महाधिवेशन हुन्छ भनेर थाहा पाइकन क्रियाशील सदस्यताको काम पार्टीको विधानअनुसार नगर्ने, गरेको भए अहिले यो अवस्था आउँथ्यो ? गर्छु–गर्छु भन्ने तर कामबाट पुष्टि गर्न नसक्ने, मुख्य कुरा पार्टी सभापतिले पार्टीको विधानअनुसार सबैलाई सम्मान रूपमा क्रियाशील सदस्यताको सीमा एकनास हुनुप¥यो नि ! आफ्नो मान्छेलई क्राइट एरिया नचाहिने, त्यस्तो नि हुन्छ, यदि उहाँले त्यसमा पनि जबरजस्ती गर्नुभयो भने हामीलाई पनि कांग्रेसको इतिहास थाहा छ, कस्ता–कस्ता तानाशाहलाई ढालेका छौँ भने पार्टीभित्र कोही तानाशाह बन्न खोज्छ भने त्यसलाई हामी सशक्त रूपमा के गर्नुपर्छ, त्यो गर्छाैँ ।

नेता सिंहले क्रियाशील सदस्यता छानबिनमा पनि व्यापक धाँधली भएको बताए । उनले नेपाली कांग्रेस जस्तो डेमोक्रेटिक पार्टीको महाधिवेशन निष्पक्ष हुनुपर्ने बताए ।

नेपाली कांग्रेस जस्तो डेमोक्रेटिक पार्टीको मूल्य, मान्यता र आदर्शको राजनीति पहिचान कसैको चाहना र व्यक्तिगत मानका लागि नहुने भन्दै नेता सिंहले भने, नेपाली काँग्रेसको अहिले १४ औँ महाधिवेशनको पाँचौँ पटक कार्यतालिका संशोधन गरेर फ्ल्यास भएको छ ।

क्रियाशील सदस्य नै हाम्रो भोटर लिस्ट हो, ७७ जिल्लामै क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुपर्छ, विधि प्रक्रिया पूरा नगरि क्रियाशील सदस्य छानिएको छ, आफ्नो पक्षमा ल्याउनका लागि यो भएको छ, त्यसैले हरेक जिल्लाका क्रियाशील सदस्यको सूची सार्वजनिक गर्नुप¥यो, कसैको विशेष चाहनामा, पार्टी कब्जा गर्ने नाममा क्रियाशील सदस्यताको चयनमा व्यापक धाँधली भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.