११ भदौ, काठमाडौँ ।
इंग्लिस क्लब चेल्सीका इटालियन मिडफिल्डर जर्गिन्होले युइएफए वर्ष खेलाडीको अवार्ड जितेका छन् ।
च्याम्पियन्स लिग र युरोकप जितेका जर्जिन्होले भोटका आधारमा चेल्सी टिममेट एन गोलो कान्टे र म्यानचेष्टर सिटीका केभिन डे ब्रुएनालाई पछि पार्दै युरोपको उत्कृष्ट अवार्ड जितेका हुन् ।
विजेता जर्गिन्होले १७५ मत पाए । केभिन डि ब्रुएनले १६७ तथा कान्टेले १६० मत पाए । २९ वर्षीय जोर्गिन्होले गत सिजन देश र क्लबका लागि ५६ खेल खेल्दा ९ गोल गरेका थिए।