अन्नपूर्ण बेस क्याम्प नजिक पदयात्रीको मृत्यु

अन्नपूर्ण बेस क्याम्प नजिक पदयात्रीको मृत्यु

११ भदाै, पोखरा।

अन्नपूर्ण हिमालको बेस क्याम्प हिँडेका एक आन्तरिक पर्यटक मृत भेटिएका छन् ।

अन्नपूर्ण गाउँपालिकाको वडा नं. ११ पल्लो सिनवामा ती युवकको शब फेला परेको हो । घान्द्रुकबाट अन्नपूर्ण बेस क्याम्प जाने बाटोमा सोही गाउँपालिका–११ छुम्रुङ बस्ने खोटाङ मझुवागढी नगरपालिका–१२ घर भएका ३२ वर्षीय ललित राई बुधवार साँझ मृत अवस्थामा फेला परेको कास्की प्रहरीले जनाएको छ ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान सुरु गरेको कास्की प्रहरी प्रवक्ता सुवास हमालले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.