११ भदाै, खोटाङ।
खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-३ कांडे का ३३ बर्षीय गिरीराज थापाको हत्यामा संलग्न रहेका उनकै भाई २२ बर्षीय नारायण थापा र भतिजा १५ बर्षीय रुपन थापा पक्राउ परेका छन् ।
गत भदौ ९ गते दिउसो ११ बजे घरबाट हिडेका गिरीराज घर फर्केर नआएपछि खोजतलास गर्ने क्रममा हिजो बिहानको राती पौने २ बजे घर देखी अन्दाजी २०० मिटर बारीमा मृत अबस्थामा फेला परेका थिए । घटनाको जानकारी पाए पश्चात जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएकाे प्रहरी टाेलीले घटनाको प्रकृती हेर्दा हत्या गरेको हुन सक्ने आशंकामा गहन रुपमा अनुसन्धान थालेको थियो ।
घटनाको प्रकृती, स्थानीयबासीको सोधपुछ तथा अनुसन्धानबाट प्रहरीले हिजै मृतकका भाई नारायण र भतिजा रुपनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय खाेटाङले जनाएकाे छ।
पक्राउ परेका उनीहरुले घरयासी विवादका कारण भैँसी बाँध्ने प्लाष्टिकको डोरीले घाँटिमा कसी हत्या गरेको बयान दिएका छन् । उनीहरुमाथि कर्तब्य ज्यान मुद्धामा कानुनि कारबाही अगाडी बढाई घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएकाे छ।