इजलास छाड्न दबाब बढेपछि प्रधानन्यायाधीशले भने- चार न्यायाधीशको रायमा मेरो सहमति रहन्छ

इजलास छाड्न दबाब बढेपछि प्रधानन्यायाधीशले भने- चार न्यायाधीशको रायमा मेरो सहमति रहन्छ

११ भदौ, काठमाडौं ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संवैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाईबाट अलग हुन अस्वीकार गरेका छन् ।

ओली सरकारले ल्याएको अध्यादेश र त्यसका आधारमा भएको नियुक्तिविरुद्ध परेको रिटको पेशी संवैधानिक इजलासमा चढेको छ । अध्यादेशअनुसार संवैधानिक परिषद्ले गरेको निर्णयमा आफैं संलग्न भएको र अध्यादेश संविधानसम्मत रहेको भनी आफैंले लिखित जवाफ लेखिसकेकाले संवैधानिक इजलासमा प्रधानन्यायाधशिको उपस्थिति प्रकृतिक न्यायको सिद्धान्त विपरित हुने धेरैको तर्क थियो ।

तर प्रधानन्यायाधीश जबराले इजलास बस्ना साथ अरु चार जना न्यायाधीशको रायमा आफ्नो सहमति हुने जानकारी गराएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.