११ भदाै, काठमाडौं ।
देशका विभिन्न भागमा अहिले वर्षा भइरहेकाे छ । पछिल्लो २४ घण्टामा भैरहवामा सबै भन्दा धेरै पानी परेको छ। भैरहवामा २४ घण्टामा १६५ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएकाे छ ।
भैरहवा पछि वीरेन्द्रनगरमा १०४ मिलिमिटर पानी परेको छ भने नेपालगञ्ज ७६ मिलिमिटर पानी परेको छ। देशकै सबैभन्दा धेरै पानी पर्ने क्षेत्र पोखरामा भने पछिल्लो २४ घण्टामा ७० मिलिमिटर मात्र पानी परेको विभागको तथ्यांक छ।
लगातारको वर्षासँगै देशका मुख्य ७ नदीको १५ स्थानमा बाढीले खतराको तह पार गरेको छ। नारायणी, तनहुँ, वाणगंगा, बागमती, कोशी, र कमला नदीमा उच्च बहाव रहेको छ।
विभागका अनुसार मुख्यगरी नवलपुर, कपिलवस्तु, बारा, सिन्धुली, चितवन, धनुषा, स्याङ्जा, डडेलधुरा क्षेत्रमा अत्याधिक बाढी आएको छ।