गृहमन्त्री खाँणको अध्यक्षतामा चारवटै सुरक्षा निकायसहितको बैठक बस्दै

गृहमन्त्री खाँणको अध्यक्षतामा चारवटै सुरक्षा निकायसहितको बैठक बस्दै

११ भदाै, काठमाडौं।

गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा चारवटै सुरक्षा निकायका पदाधिकारीसहितको बैठक आज बस्दैछ। बैठक  दिउँसो ३ बजे बस्न लागेको हो।

वर्षाका कारण आएको बाढी–पहिरो र त्यसले पुर्‍याएको क्षति, त्यसपछिको राहत र उद्दारका विषयमा छलफल गर्न बैठक बस्न लागिएको गृहमन्त्री खाणका निजी सचिव नरेन्द्र केसीले बताए।

चारवटै सुरक्षा निकायका पदाधिकारीसँगै विपद व्यवस्थापन प्राधिकरण र मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका कर्मचारी पनि बैठकमा उपस्थित हुनेछन्।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.