११ भदाै, काठमाडौं ।
संवैधानिक परिषद्बाट भएका नियुक्ति बदर गर्नेसम्बन्धी मुद्दाको सुनुवाइ गर्न गठित संवैधानिक इजलासबाट प्रधानन्यायाधीश बाहिरिने भएका छन् ।
नियुक्तिमा प्रधानन्यायाधीश पनि संलग्न रहेको भन्दै रिट निवेदकले इजलासमा बस्न नमिल्ने जिकिर गरेपछि संवैधानिक इजलासका न्यायाधीशहरु छलफलमा जुटेका थिए । स्राेतका अनुसार पेसी तोक्ने र फैसला गर्ने अन्तिम दिन प्रधानन्यायाधीश अनुपस्थित रहने गरी बाहिरिएका हुन् ।
संवैधानिक परिषदले गरेका नियुक्ति खारेजीसम्बन्धी मुद्दाको सुनुवाई अब राणाबिनाको संवैधानिक इजलासमा अर्को शुक्रवारलाई पेसी तोकिएको छ ।