११ भदाै, विराटनगर ।
प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले मन्त्रिपरिषद्मा २ जना मन्त्री थपेका छन् । विगतमा माधवकुमार नेपाल समूहमै रहेका तर विभाजनमा साथ नदिइ एमालेमै रहेका दुई जनालाई मन्त्री नियुक्त गरेका हुन् ।
ताप्लेजुङका बलबहादुर साम्सोहाङ सामाजिक विकास मन्त्री र तेह्रथुमका लछुमन तिवारी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन् । नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले पद तथा गोपनीयताको सपथ गराएका छन् ।
मन्त्रिपरिषद विस्तारको लागि विहानैदेखि आन्तरिक छलफलमा जुटे पनि मुख्यमन्त्री आचार्यले २ मन्त्री भन्दा अरुकाे नाम टुङ्गाे लगाउन सकेनन् ।