एकीकृत समाजवादीले गर्याे सरकारमा जाने निर्णय, मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने

एकीकृत समाजवादीले गर्याे सरकारमा जाने निर्णय, मन्त्रालय टुंगिएपछि मन्त्री चयन गर्ने

११ भदौ, काठमाडौं ।

माधक कुमार नेपाल नेतृत्वकाे नेकपा (एकीकृत समाजवादी)ले सरकारमा सहभागी हुने निर्णय गरेको छ । आइतबार बसेको एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकले सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

‘हामीले सरकारमा सहभागी हुने निर्णय गरेका छौं । मन्त्रालय संख्या पनि लगभग टुंगिएको छ,’ एक नेताले भने । तर कुन–कुन मन्त्रालय लिने भन्ने टुंगो लागेको छैन ।

बैठकले मन्त्रालय टुंगो लागेपछि मात्रै मन्त्री चयन गर्ने निर्णय गरेकाे छ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तारमा एकीकृत समाजवादीको निर्णय कुरेर बसेका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.