अफगानिस्तानमा सबै नेपाली सुरक्षित

१२ भदाै, काठमाडाैँ ।

सरकारले अफगानिस्तानमा रहेका सबै नेपाली सुरक्षित रहेका बताएको छ । हाल काबुलमा ४२ जना एउटै समूहमा रहेका र उनीहरू सुरक्षित रहेका परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काबुलमा रहेका सबैसँग सरकार नियमित सम्पर्कमा रहेको र उनीहरूलाई स्वदेश फर्काउन सम्बन्धित निकायसँग समन्वय भइरहेको मन्त्रालयले शुक्रबार साँझ प्रेस विज्ञप्ति जारी गरेर बताएको छ ।

काबुलबाट बिहीबार उद्धार गरेर नयाँदिल्ली पुर्याइएका ११ जना काठमाडौँ आउने प्रक्रियामा रहेको पनि उक्त मन्त्रालयले जनाएको छ । अफगानिस्तानमा रहेकाहरूलाई कन्सुलर सेवा विभागको वेबसाइटमा रहेको ‘अनलाइन पोर्टल’मा आफ्नो नामसहितको विवरण दर्ता गर्न मन्त्रालयले अनुरोध गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.