१२ भदाै, भोजपुर।
भोजपुरकाे षडानन्द नगरपालिका -९ तालखर्क का ४० बर्षीय बुद्दीमान राईले आफ्नै श्रीमतीको हत्या गरेर आफुले पनि झुन्डिएर आत्म हत्या गरेका छन् ।
आज बिहानको राती साढे १ बजे उनले आफ्नै श्रीमती २८ बर्षीया ईन्द्रकला राईलाई खुकुरीले ढाडमा प्रहार गरी हत्या गरी आफू घरबाट अन्दाजी ४० मिटर टाढा रहेको दुधिलोको रुखमा कपडाको पासो लागी झुण्डिएको अबस्थामा फेला परेका थिए ।
आमालाई खुकुरी प्रहार गरेको देखेर ८ बर्षीय छोराले स्थानीयलाई खबर गरेका थिए । घटनाको बारेमा जानकारी पाएपछि स्थानीयले हेर्दा ईन्द्रकला राईको मृत्यु भएकाे थियाे । बुद्दीमानलाई खोजतालस गर्दा झुन्डिएको अबस्थामा फेला परेका थिए ।
घटनास्थलमा ईलाका प्रहरी कार्यालय साङपाङ र ईलाका प्रहरी कार्यालय तिवारीभंज्याङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।