म जाली तमसुक हेरेर बसेँ, ओलीले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे : प्रचण्ड

म जाली तमसुक हेरेर बसेँ, ओलीले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे : प्रचण्ड

१२ भदौ, काठमाडौं ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीले जाली तमसुक गरेर आफूलाई ठगेको टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा आयोजित वाइसिएल नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गदै अध्यक्ष प्रचण्डले ओलीको ठगीधन्दाबारे चाल नपाउँदा तमसुक हेरेर बस्नु परेको बताए ।

प्रचण्डले भने,‘ हामी त जे बोल्यो त्यही गर्ने मान्छे । केपी ओली प्रवृति भनेको जे बोल्ने त्यो नगर्ने रहेछ । उनको ठगि धन्दाबारे थाहा पाइएन । तमसुकमा सही गरेपछि तमसुक हेरेर बसियो तर उनले प्रधानमन्त्री पड्काएर लगेको लग्यै पारे ।’
आफूलाई हालैमात्र सत्तारुढ गठबन्धनको बैठकमा पनि केही नेताले केपी ओलीसँग एकता गरेर के पाउनुभयो ? भन्ने प्रश्न गरेको सुनाउँदै प्रचण्डले आफूले ओलीसँग एकता गरेर ज्ञान प्राप्त गरेको बताए ।

प्रतिगमनको अझै पनि खतरा रहेको भन्दै बेला–बेला जित्न लागेका बेला घन हान्ने गरिएको बताए । जित हुन्छ भनेर ढुक्कसँग बस्दा प्रतिक्रान्तिले प्रहार गर्ने बताए । उनले भने,‘ पहिलो संसद विघटनमा जितेपछि हामी ढुक्क भयौं । प्रतिगमन परास्त भयो भनेर माधवजी र मैले लड्डू खायौं । तर लड्डूको स्वाद जान पाएको थिएन दुईटा पार्टी बनाइदियो । ड्याम्म घन हानको थाहै पाइएन ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.