१२ भदाै, काठमाडाैँ ।
तीव्र गतिका बलर ओली रबिन्सनले घातक बलिङ गरेपछि इंग्ल्यान्डले तेस्रो टेस्टमा भारतलाई इनिङ र ७६ रनले पराजित गरेको छ । यससँगै इंग्ल्यान्डले ५ खेलको टेस्ट सिरिज १-१ को बराबरीमा ल्याएको छ ।
लिड्समा आज २ विकेट गुमाएर दुई सय १५ रन बनाएको अवस्थाबाट चौथो दिनको खेल थालेको भारत २ सय ७८ रन बनाउँदा अलआउट भयो ।
भारतले ६३ रन बनाउँदा ८ विकेट गुमाएपछि फराकिलो अन्तरले हार्न बाध्य भयो । भारतका चेतेश्वर पूजाराले ९१, रोहित शर्माले ५९ र कप्तान विराट कोहलीले ५५ रन बनाए । इंग्ल्याण्डका ओइली रोविन्सनले पाँच, क्रियाग ओभर्टनले तीन तथा मोइन अली र जेम्स एण्डरसनले १/१ विकेट लिए ।
पहिलो पारीमा भारत ७८ रनमा अलआउट भएको थियो भने इंग्ल्याण्डले ४ सय ३२ रन बनाउँदै तीन सय ५४ रनको अग्रता बनाएको थियो । यो श्रृङ्खलामा इंग्ल्याण्डका कप्तान जोय रुटले लगातार तेस्रो शतक हानेका छन् । वर्षाले प्रभावित भएको पहिलो टेष्ट बराबरीमा सकिएको थियो ।