१३ भदौ, काठमाडौं ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्युन चापिय रेखा नेपालको तराई भू–भाग नजिक रहेको छ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश, र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ।