१३ भदौ, एजेन्सी ।
इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटीले आर्सनलबिरुद्ध एकतर्फी जित निकालेको छ । शनिबार घरेलु मैदानमा भएको खेलमा सिटीले १० खेलाडीमा सिमित आर्सनलमाथि ५–० गोल अन्तरको फराकिलो जित निकालेको हो ।
सिटीलाई जिताउन फेरान टोरेसले दुई गोल तथा कप्तान इल्काए गुन्डोगान, ग्राबियल जेजुस र रोड्रीले एक एक गोल गरे । सातौं मिनेटमा गुन्डोगानले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको १२ औं मिनेटमा टोरेसले अग्रता २–० को बनाए ।
३५ औं मिनेटमा ग्रानिट जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो । ४३ औं मिनेटमा जेजुसले गोल गरेपछि सिटीले पहिलो हाफमा ३–० को अग्रता बनायो ।