भारत इनिङसहित ७६ रनले पराजित

भारत इनिङसहित ७६ रनले पराजित

१३ भदौ, एजेन्सी ।

घरेलु टोली इंग्ल्याण्डले भ्रमण टोली भारतलाई तेस्रो टेस्टमा इनिङसहित ७६ रनले पराजित गरेको छ । तीव्र गतिका बलर ओली रवान्सले घातक बलिङ गरेपछि भारत इनिङसहित पराजित हुन पुगेको हो ।

यो संगै सिरिज १–१ को बराबरीमा पुगेको छ । ५ टेस्टको सिरिजमा पहिलो टेस्ट बराबरीमा सकिएको थियो ।

तेस्रो टेस्टको पहिलो इनिङमा टस जितेको भारत मात्र ७८ रनमा समेटिएको थियो । इंग्ल्यान्डले त्यसपछि उत्कृष्ट ब्याटिङको नमूना प्रस्तुत गर्दै ४३२ रन जोडेको थियो । भारतले तेस्रो दिन संयमित ब्याटिङ गरे पनि चौथो दिन पहिलो सत्रमा नै २७८ रनमा अलआउट भयो ।

समग्रमा पहिलो इनिङमा इंग्ल्यान्डले ३५४ रनको अग्रता लिएको थियो । भारत भने पहिलो इनिङमा मात्र ७८ रनमा अलआउट भएको थियो ।

भारतलाई रोक्ने क्रममा इंग्ल्याण्डका ओले रवान्सले सर्वाधिक ५ विकेट लिँदा केरिग ओभरटनले तीन विकेट लिए । जेम्स एन्डरसन र मोइन अलीको नाममा एकरएक विकेट रह्यो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.