१३ भदौ, काठमाडौं ।
देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम अझै रहेको छ।
आइतबार बाढी पूर्वानुमान महाशाखाले कहाँ–कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज नारायणी र यसका सहायक नदीहरुस कमला, बागमती, पूर्वी राप्ती, तिनाउ, पश्चिम राप्ती, बबई लगायतमा बहाब बढ्ने तथा सतर्कता तह भन्दा तलै रहने छ ।
साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।