१४ जना जुवाडे रंगेहात पक्राउ

१४ जना जुवाडे रंगेहात पक्राउ

१३ भदौ, काठमाडौं ।

काठमाडौँमा तास खेलिरहेका ७ जना जुवाडे पक्राउ परेका छन् ।

गोकर्णेश्वर नगरपालिका ९ भगवती चोकमा डेरा गरी बस्ने सिन्धुपालचोक हेलम्बु गाउँपालिका १ घर भएका ३७ वर्षीय तेन्जिङ टासी लामाको कोठामा तास खेलिरहेको अवस्थामा लामा लगायत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जुवातास खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १ हजार ३ सय ९० रुपैयाँ र १२ बुक तास सहित पक्राउ गरेको हो ।

यस्तै नवलपरासी (पूर्व), मध्यबिन्दु नगरपालिका १३ मैनाघाट बस्ने बल बहादुर सारुको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३८ वर्षीय डोल बहादुर सारु लगायत ७ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बल बहादुर सारुको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) बाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५९ हजार ८ सय ९० रुपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.