एमाले कि समाजवादी ? २२ गतेभित्र रोज्न आयोगको निर्देशन

एमाले कि समाजवादी ? २२ गतेभित्र रोज्न आयोगको निर्देशन

१३ भदौ, काठमाडौं ।

निर्वाचन आयोगले नेकपा एमाले र नेकपा (एकीकृत समाजवादी)का प्रदेश सभा सदस्य र स्थानीय तहका सदस्यलाई २१ दिनभित्र सनाखत गर्न निर्देशन दिएको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् ।

अध्यादेशमा दल दर्ताका लागि निवेदन दिएको मितिदेखि २१ दिनभित्र अर्थात् भदौ २२ गतेभित्र निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गर्न निर्देशन दिएको छ । आइतबार बसेको आयोगको बैठकले सोही बमोजिम २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।

प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा उपस्थित भएर सनाखत गराउन सकिनेछ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.