जङ्गली जनावरबाट मकैबाली जोगाउन रातभर जाग्राम

जङ्गली जनावरबाट मकैबाली जोगाउन रातभर जाग्राम

१३ भदौ, डोटी ।

डोटीमा जङ्गली जनावरले मकै खाएर नोक्सान गर्न थालेपछि किसान चिन्तित बन्न थालेका छन् । थन्क्याउने बेला भएको मकैबाली दिउँसो बाँदर तथा राति स्याल, बँदेल र दुम्सीले खाएपछि किसानहरू समस्यामा परेका हुन् ।

यहाँका जोरायल, मन्नकापडी, बर्छैन, गड्सेरा, आर्शद, सायल, मौवा, कपल्लेकी, मुडभारा, फन्नी, मजलकटिया, तलि, दल्ल, धामी गाउँलगायतका क्षेत्रमा जनावरले बालीनाली खाएर नोक्सान गर्न थालेको किसान बताउँछन् ।

बाँदर धपाए पaनि राति आउने स्याल, बँदेल र दुम्सीले गर्दा किसानले राति जाग्राम बस्नुपरेको केआईसिंह–५ तलि गाउँका स्थानीयवासी चेतराज भट्टले बताए । उनले भने, ‘दिउँसो सबै मिलेर बाँदर त धपाउने गरेका छौँ, राति आउने जङ्गली जनावरले बाली खाएर निकै दुःख दिएको छ, हामी त निकै हैरान भइसक्यौँ ।

यहाँका खप्तड राष्ट्रिय निकुञ्ज तथा महाभारतको लेक भनेर चिनिने तेले लेकबाट आउने बँदेलको समूहले अन्नबालीमा सबैभन्दा बढी नोक्सान गर्ने गरेको जोरायल गाउँपालिका ५ का भरत सार्कीले बताए ।

डिभिजन वन कार्यालयले जङ्गली जनावरले मान्छेलाई हानी–नोक्सानी तथा ज्यान लिएमा क्षतिपूर्ति दिने व्यवस्था भए पनि बालीनाली नोक्सानी गरेमा क्षतिपूर्ति दिने व्यवस्था नभएको जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.