लगभग ३ किलो कोकिनसहित ३ जना विदेशी नागरिक पक्राउ

लगभग ३ किलो कोकिनसहित ३ जना विदेशी नागरिक पक्राउ

१३ भदौ, काठमाडौँ। 

लागू औषध कोकिनसहित तीनजना विदेशी नागरिक पक्राउ परेका छन् । नेपाल प्रहरी लागू औषध नियन्त्रण ब्यूरोका अनुसार २ किलो ९६६ ग्राम कोकिनसहित तीनजना पक्राउ परेका छन् ।

ब्यूरोले आइतबार पक्राउ परेका तीनजना विदेशी नागरिकलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । ब्यूरोले तान्जानियाका गेर्तुदे लियोनार्ड किमारो सिन्धुलीको खुर्कोटबाट र अन्‍य दुईजनालाई काठमाडौंबाट पक्राउ गरेको जानकारी दिएको छ । काठमाडौंबाट पक्राउ पर्नेमा दक्षिण अफ्रिकी नागरिक शिर्ले गामा, भारतीय नागरिक विजय सिंह छन् ।

पक्राउ परेका उनीहरुको साथबाट ९ करोड नेपाली रुपैयाँ बराबरको कोकिन बरामद गरेको ब्‍यूरोले जनाएको छ ।

कतार एयरलाइन्सबाट आएका दक्षिण अफ्रिकी नागरिकले भारतीय नागरिकलाई उक्त कोकिन दिन लागेको भन्‍ने सूचनाको आधारमा पक्राउ गरिएको ब्‍यूरोले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.