भदौ २० गतेदेखि लाइसेन्सका लागि ट्रायल सञ्चालन हुने

भदौ २० गतेदेखि लाइसेन्सका लागि ट्रायल सञ्चालन हुने

१३ भदौ, काठमाडौं ।

सवारी चालक अनुमति पत्र (लाइसेन्स)को परीक्षा भदौ २० गतेदेखि सञ्चालन हुने भएको छ ।

बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले आइतबार सूचना जारी गर्दै वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा भदौ २० गतेदेखि सञ्चालन गर्न लागेको जनाएको छ ।

प्रयोगात्मक परीक्षाका लागि आवेदन दिई बायोमेट्रिक गरेका लिखित परीक्षामा संलग्न हुने सम्पूर्ण परीक्षार्थीहरू, लिखित परीक्षा दिई ट्रायलमा सहभागी हुने सम्पूर्ण परीक्षाहरू र कार्यालयमा उपस्थित भई वर्ग थपको लागि राजश्व बुझाइसकेका सेवाग्राहीलाई सेवा दिइने सूचनामा उल्लेख छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.