म्याग्दी : वर्षाले एउटा घर भत्कियो, पहिरो खस्दा दुई वटा सडक बन्द

म्याग्दी : वर्षाले एउटा घर भत्कियो, पहिरो खस्दा दुई वटा सडक बन्द

१३ भदौ, म्याग्दी ।

लगातारको वर्षाका कारण म्याग्दीको बेनी नगरपालिका १ रत्नेचौरमा एउटा घर भत्किएको छ ।

वर्षाले हिजो शनिवार राति रत्नेचौरका प्रितीबहादुर खत्री (सापकोटा) को ढुङ्गामाटोले बनेको एक तले घर भत्किएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

घर भत्किए पनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । यसैगरी वर्षाकै कारण पहिरो खसेर उत्तरी म्याग्दी हुँदै मुस्ताङलाई जोड्ने बेनी–जोमसोम सडक फेरि बन्द भएको छ ।

सडक खण्डअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ दानाको गुईँठे, रुप्से खोला र काभ्रे भिर क्षेत्रमा सडक बन्द भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख एवम् प्रहरी सहायक निरीक्षक सूर्य थापाले बताउनुभयो । अहिले पनि वर्षा भइरहेकाले सडक खुलाउन समस्या भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.