छोराको हत्या गरी जेल गएकी आमाले जेलमै छोरा जन्माइन्

छोराको हत्या गरी जेल गएकी आमाले जेलमै छोरा जन्माइन्

१४ भदाै, महोत्तरी ।

महोत्तरीमा सौतेलो छोराको हत्या गरेको आरोपमा जेलमा रहेकी एक महिलाले त्यहीँ छोरा जन्माएकी छिन् । सौताको छोरालाई घाँटी थिचेर हत्या गरी गत बुधबार मात्रै जलेश्वरस्थित कारागारमा आएकी २० वर्षीया रागानी देवीले छोरा जन्माएको कारागार कार्यालय महोत्तरीका सूचना अधिकारी सञ्जिवकुमार साहले बताए ।

जिल्लाको राम गोपालपुर नगरपालिका–६ बस्ने चन्द्रकिशोर यादवकी कान्छी पत्नी २० वर्षीया रागनी (सौतेनी आमा) ले पाँच वर्षीय रितेश यादवको हत्या गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले उनलाई गत बुधबार पुर्पक्षका लागि जेल पठाएको थियो ।

दश महिनाअघि कान्छी पत्नी (रागनी) भित्र्याएपछि चन्द्रकिशोरकी जेठी पत्नीले पाँच वर्षीय र अढाई वर्षीय दुई छोरालाई पतिको जिम्मा छाडेर माइती गएका बेला गत साउन १४ गते दिउँसो जेठो छोरा रितेशको हत्या गरेकी थिइन् । घटना भएकै दिन रागनीलाई धनुषाबाट पक्राउ गरी कर्तव्य ज्यान मुद्दा चलाएको र भदौ ९ गते पुर्पक्षको लागि जलेश्वर कारागार पठाएको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.