पिएसजीबाट मेस्सीकाे डेब्यु

पिएसजीबाट मेस्सीकाे डेब्यु

१४ भदाै, एजेन्सी ।

पेरिस सेन्ट जर्मेन (पिएसजी) मा अनुबन्ध भएका फरवार्ड लिओनेल मेस्सीले क्लबबाट डेब्यु गरेका छन् । उनले  फ्रान्सेली लिग वन अन्तर्गत आइतबार राइम्सविरुद्ध खेलका दौरान दोस्रो हाफमा मैदान प्रवेश गर्दै डेब्यु गरेका हुन् ।

उनले राइम्सको मैदानमा उपस्थित दर्शकसामु ६६ औं मिनेटमा नेयामारको स्थान लिँदै पिएसजीबाट पहिलो खेल खेलेका हुन् । मेस्सीले यससँगै बार्सिलोना बाहेक कुनैपनि टोलीबाट पहिलो खेल खेले ।

यद्यपि राइम्समाथि पीएसजीको २-० को जितमा दुवै गोल एमबाप्पेले गरेका थिए । पहिलो गोल १६ औं मिनेटमा सम्भव भएको थियो । डी मारियाको क्रसलाई उनले हेडरमार्फत जाली चुमाएका थिए । ६३ औं मिनेटमा अक्रफ हकिमीको क्रसमा गोल गर्दै जितनजिक पुर्याएका थिए ।

मेस्सी आउने खबरले स्टेडियम खचाखच भरिएको थियो । मेस्सी खेल्ने पक्का हुनुअघि ६ हजार मात्र टिकट विक्री भएको मैदानमा २० हजारको उपस्थिति रहेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.