आज पनि पानी पर्ने, भोलिदेखि उघ्रिने

आज पनि पानी पर्ने, भोलिदेखि उघ्रिने

१४ भदाै, काठमाडाैँ ।

बैशाख यता सक्रिय रहेको मनसुनका कारण यसवर्षदेशभर विगतमा भन्दा बढी वर्षा भईरहेको छ।भदौको दोस्रो हप्तासकिदा सम्म मौसमी वर्षा अझै रोकिएको छैन् । मौसम विज्ञान विभागले यो वर्ष औसतभन्दा बढी नै वर्षा हुने आँकलन गरेको थियो। विगतमा हिमाली र पहाडी क्षेत्रमा परेको भारी वर्षा यसपाली मध्य नेपालको तराई क्षेत्रमा देखियो।

यद्यपि मुलुकभर नै भदौरे झरी जारी छ। त्यसकारण हजारौँ घर डुबानमा परेको छ। अहिलेसम्म चार हजार घर डुबानमा परेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ। पछिल्लो तीन दिनदेखिको वर्षापछिको बाढी, पहिरो र डुबानका कारण नौ जनाको मृत्यु भैसकेको र अन्य छ जना बेपत्ता भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको भनाइ छ। आज पनि देशको अधिकांस भू–भागमा सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

विगत तीन दिनयता देशका अधिकांश स्थानमा भारी वर्ष भएको छ। पश्चिम जलमग्न हुदा हजारौ परिवार प्रभावित भएका छन् । देशका अधिकांश नदी खोलाको जलस्तर बढेको छ। पूवी भेगमा अत्याधिक वर्षा हुदा शप्तकोशी नदीमा आइतबार अहिलेसम्मकै उच्च वाहव मापन गरिएको थियो ।कोशी ब्यारेजका ३५ ढोका खोलिएका थिए ।

आज प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी सम्भावना रहेको छ भने रातीः देशभर सामान्य देखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन÷चट्याङ्ग सहित भारी वर्षा हुन् सक्ने सम्भावना रहेको जारी वर्षा भने मङ्गलबारपछि कम हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.