इटालियन सिरी ‘ए’ : रोमाको शानदार जित

इटालियन सिरी ‘ए’ : रोमाको शानदार जित

१४ भदौ, काठमाडौं ।

इटालियन सिरी ‘ए’ फुटबलमा रोमाले शानदार जित हात पारेको छ ।

आइतबार राति भएको खेलमा रोमाले सालेर्निटानालाई ४–० गोलले पराजित गरेको हो ।

रोमाको जितमा लोरेन्जो पेल्लेग्रिनीले दुई गोल गरे । जोर्डन भेरेटाउट र ट्यामी अब्राहीमले एकएक गोल गरे।

जितसँगै रोमाले २ खेलमा ६ अंक जोडेको छ । रोमा तेस्रो स्थानमा रहेको छ । सालेर्निटानाले अंक जोड्न सकेको छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.