१४ भदौ, धादिङ ।
धादिङको बगैंचाभन्ने स्थानमा सोमबार भएको मिनी ट्रक दुर्घटनामा परी गम्भीर घाइते भएका ४ जनालाई उद्धार गरी थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।
सोमबार बिहान ज्वालामुखी गाउँपालिका–५ खरीबाट धादिङबेसी आउँदै गरेको मिनी ट्रक ब्रेक फेल हुँदा अनियन्त्रित भएर रोकीराखेको बा ३ ख ५७४४ नम्बरको टिपरमा ठोक्किँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परी ३५ जना घाइते भएका थिए । जसमध्ये १६ जनाको अवस्था गम्भीर रहेको ज्वालामुखी गाउँपालिकाका अध्यक्ष विनोदराज तिमल्सेनाले जानकारी दिए ।
गम्भीर घाइते मध्ये १२ जनालाई जिल्ला अस्पतालमा सामान्य उपचार पछि एम्बुलेन्समार्फत काठमाडौं पठाइएको उनले बताए । गम्भिर चार जनालाई भने हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ ।