काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन

काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर फालेर प्रदर्शन

१४ भदौ, काठमाडौं ।

काठमाडौं उपत्यकामा तीन सातादेखि सडकमा थुप्रिएको फोहोर नउठाएको विरोधमा काठमाडौं महानगरपालिका कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरिएको छ ।

युथ कांग्रेस नेपालले सोमबार सुन्धारास्थित महानगरपालिकाको कार्यालय अगाडि फोहोर थुपारेर प्रदर्शन गरेको हो ।उनीहरुले फोहोर फालेर सांकेतिक विरोध प्रदर्शन गर्नुका साथै ‘मेयरलाई फोहोर उपहार’, ‘फोहोरी राजनीति फोहोरी शहर’ लेखेको प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नुवाकोटको सिसडोलस्थित ल्याण्डफिल साइट जाने सडक बिग्रिएको कारण देखाएर काठमाडौं उपत्यकामा तीन सातादेखि फोहोर संकलन गर्न छाडिएको छ ।सडकमा फोहोर थुुप्रिएपछि दुर्गन्ध फैलिएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.