१५ भदाै, काठमाडौँ ।
अफगानिस्तानबाट हालसम्म ८२८ नेपाली नागरिक स्वदेश फिर्ता भएका छन् ।
परराष्ट्र मन्त्रालयका साेमबार मात्रै टर्किस एयरको नियमित उडानबाट ४५ र आइतबार साँझ फ्लाई दुबईको उडानबाट पाँच जना फर्किएका थिए ।
काबुलमा उद्धारको पखाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन आवश्यक पहल भइरहेको मन्त्रालयले जनाएकाे छ ।
स्वदेश फर्किएका नेपाली नागरिकलाई कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वास्थ्य मापदण्डअनुसार आवश्यक परीक्षण गरी आवश्यक व्यवस्थापन गरिएको जनाइएकाे छ ।