प्रसारणलाइनको अभावमा उत्पादित बिजुली खेर

प्रसारणलाइनको अभावमा उत्पादित बिजुली खेर

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले गत आर्थिक वर्ष २०७७ / ०७८ मा २ अर्ब ८२ करोड आयात गरेको छ । प्राधिकरणका अनुसार यो आँकडा अघिल्लो वर्ष १ अर्ब ७३ करोड युनिटको तुलनामा ६३.४५ प्रतिशत बढी हो ।

त्यही विद्युत प्राधिकरणले निमार्ण गर्नुपर्ने प्रसारणलाइन नबनाउँदा उत्पादन भएर पनि एक सय मेगावाट बराबरको बिजुली पूर्ण रुपमा बजार जान पाएको छैन । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इपान) ले अघिल्लो वर्ष गरेको अध्ययनले प्रसारणलाइनको अभावमा ९५.६ गिगावट आवर बराबरको ३८ करोड बराबराको बिजुली खेर गएको देखाएको थियो ।

समयमै प्रसारणलाइन बनाउन नसक्दा र रुग्ण प्रसारणलाइनको कारणले झण्डै अर्बैँ बराबरको बिजुली खेर गएको निजी क्षेत्रका उत्पादकहरुले बताइरहेका छन् ‘प्रसारणलाइन बनाएको भए कम्तीमा पनि भारतबाट आयाततित त रोकिथ्यो नि।’

कार्का नै कार्यकारी निर्देशक रहेको सिंगटी हाइड्रोपावर कम्पन्नीले समेत २५ मेगावाटको सिंगटी जलविद्युत आयोजना सम्पन्न भएर पनि १८ महिनासम्म प्रसारणलाइन नहुँदा झण्डै डेढ करोड गुमाउनुपर्यो तर प्राधिकरणले समयमै बनाउन अवस्था नदेखाएपछि आफैँ कस्सिएर प्रसारणलाइन बन्यो । बल्ल गत साउनदेखि प्रसारणलाइनमा जोडिएको छ ।,याे समाचार कारोबार दैनिकमा छापिएकाे छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.