१५ भदौ, काठमाडौं ।
महाधिवेशन नजिकिएसँगै नेपाली कांग्रेसका नेताहरूले उम्मेद्वारी घोषणा गर्ने, सम्पर्क कार्यालय स्थापना गर्ने र आन्तरिक छलफललाई तिव्रता दिने क्रम बढेको छ।
यसैक्रममा आफ्नो पक्षबाट सभापतिमा एकल उम्मेद्वार तय गर्ने विषयमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बैठक आह्वान गरेको छ। बैठक दिउँसो १ बजे पौडेलनिवास बोहराटारमा बस्दै छ। हाल पौडेल पक्षबाट पाँच जनाले सभापतिमा दाबी गरिरहेका छन्।
सभापतिमा दाबी गरेका नेताहरू छलफलमा जुट्न लागेको पौडेलनिकट एक नेताले बताए। महाधिवेशनमा वर्तमान सभापति शेरबहादुर देउवा पनि दोहोरिन चाहेका छन् भने उपसभापति विमलेन्द्र निधिले सभापतिमा उम्मेद्वारी घोषणा गरेर सम्पर्क कार्यालय समेत स्थापना गरिसकेका छन्।