१५ भदाै, एजेन्सी ।
पोर्चुगिज सुपर स्टार क्रिस्टियानो रोनाल्डो १२ वर्षपछि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । रोनाल्डोलाई २० मिलियन पाउन्डमा दुई वर्षको लागि म्यानचेस्टर युनाइटेडले मंगलबार आधिकारिक रुपमा सार्वजनिक गरेको हो ।
रोनाल्डो सन् २००९ पछि ओल्ड ट्राफर्ड फर्किएका हुन् । रोनाल्डोले युभेन्ट्समा तीन सिजन बिताउँदा दुई सिरी ‘ए’ को उपाधिसहित ५ उपाधि जित्न सफल भएका थिए ।
रोनाल्डो सन् २०१८ मा स्पेनिस क्लब रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । उनले युभेन्ट्सबाट १३३ खेलमा १०१ गोल गरेका थिए । उनी युभेन्ट्सबाट १ सय गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् ।
युनाइटेडमा पनि रोनाल्डोले जर्सी नम्बर ७ लगाउने सम्भावना रहेकाे छ । रोनाल्डोले प्रयोग गर्दै आएको जर्सी नम्बर ७ हाल युनाइटेडमा एडिन्सन काभानीले प्रयोग गरेका छन् ।
रोनाल्डोको आगमनसँगै काभानीको भविष्य पनि अनिश्चित छ । यसैपनि काभानी युनाइटेडमा रहनेबारे शंका भइरहेको अवस्थामा रोनाल्डोको आगमनले उनी क्लब छाड्ने सम्भावना बढेको छ । काभानीले रोनाल्डोको लागि नै जर्सी छाड्ने सम्भावना पनि रहेकाे छ ।