दार्चुला तुइन घटनाकाे प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयाे

दार्चुला तुइन घटनाकाे प्रतिवेदन गृहमन्त्रीलाई बुझाइयाे

१५ भदौ, काठमाडौँ ।
दार्चुलाको तुइन घटनाको छानबिन गर्न गठित समितिले गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव जनार्दन गौतमले मंगलबार गृहमन्त्रालयमा मन्त्री खाँडलाई प्रतिवेदन बुझाएका हुन् ।

समितिले एक महिना लामो समय लगाएर प्रतिवेदन तयार पारेको छ । प्रतिवेदनमा के छ भन्ने विषय औपचारिक रुपमा खुलाइएको छैन । स्रोतका अनुसार प्रतिवेदनमा तुइन घटना भारतीय भूमिमा भएको र त्यसको औपचारिक अनुसन्धान गर्न नेपालतर्फबाट कानुनी जलिटला रहेको विषय समेटिएकोे छ ।

यस सम्बन्धी संक्षिप्त बेहोरासहितको विवरण केही बेरमा सार्वजनिक गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।

साउन १५ गते दार्चुलाको ब्यास गाउँपालिका–२ मालका ३३ वर्षीय जयसिंह धामी तुइनबाट खसेर महाकालीमा बेपत्ता भएका थिए । भारतीय भूमि गस्कु हुँदै दार्चुला सदरमुकाम खलंगा हिँडेका धामी तुइनबाट महाकाली पार गर्नै लाग्दा ‘भारतीय सशस्त्र सीमा बल (एसएसबी) का जवानले तुइनको लट्टा खुस्काइदिएपछि’ बेपत्ता भएका थिए । उनको अवस्था अहिलेसम्म अज्ञात छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.