माधव नेपालले जबज राख्न नमानेपछि साथ दिन सकिएन : वामदेव गौतम

माधव नेपालले जबज राख्न नमानेपछि साथ दिन सकिएन : वामदेव गौतम

१५ भदाै, काठमाडौं।

नेकपा (एमाले)का उपाध्यक्ष वामदेव गाैतमले माधवकुमार नेपाल नेतृत्वको पार्टीले जनताको बहुदलीय जनवाद (जबज) नसमेटेपछि साथ दिन नसकेको बताएका छन्।

माधवकाे पार्टी नेकपा(एस)मा गाैतमले सहअध्यक्ष नपाएपछि साथ नदिएको चर्चा भइरहेका बेला उनको सचिवालयले यसबारे प्रष्ट पार्दै जबज नराखेकै कारण गाैतमले नेपाललाई साथ दिन नसकेको बताएको छ।

उनको सचिवालयले भन्यो,  ‘सहअध्यक्ष मागेकाे हाेइन। जबज राख्न नेपाल सहमत नभएपछि मैले साथ दिन नसकेको हाे ।’

गाैतमकी श्रीमती सांसद तुलसा थापा भने नेपाल पक्षमा लागेकी छिन्। थापा नेकपा एसले निर्वाचन आयोगबाट मान्यता पाउने दिन सनाखतका लागि निवेदन लिएर गए पनि कार्यालय समय सकिएको भन्दै दर्ता भएको थिएन ।उनी कानूनी रुपमा एमालेकै सांसद छिन् ।

गौतम निकटका बाँकी रहेका केही केन्द्रीय सदस्यहरु भने माधव नेपालको पार्टीमा समावेश भइसकेका छन् । गौतम एमालेभित्र जबजका पक्षधर मानिन्छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.