NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ? बिहिबार मंसिर २५ , २०८२
जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध बिहिबार मंसिर २५ , २०८२
ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन बिहिबार मंसिर २५ , २०८२
१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ? बिहिबार मंसिर २५ , २०८२
रविको मुद्दा आजपनि स्थगित, हेर्न नमिल्नेमा बिहिबार मंसिर २५ , २०८२
Next
Prev

समाचार

जोखिमको विश्लेषणपछि आंशिक वा पूर्णरुपमा विद्यालय खोल्न सकिने

बुधबार भदौ १६ , २०७८
Reading Time: 1 min read
A A
काठमाडौं महानगरका विद्यालय माघ १ गतेबाट खुल्ने
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

१६ भदाै,काठमाडाैँ ।

नेपाल सरकारको कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रबाट स्वीकृत ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ ले जोखिमको अवस्था विश्लेषणपछि भौतिक उपस्थितिमा शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सकिने आधार दिएको छ । कोभिड–१९ जोखिमको रोकथामका लागि जिल्ला प्रशासन कार्यालय, काठमाडौँको पछिल्लो निषेधाज्ञा (भदौ ९ गतेदेखि १६ गतेसम्म) मा शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, कोचिङ सेन्टर, तालिम केन्द्र) लगायतका क्षेत्रलाई सञ्चालन गर्न नमिल्ने क्षेत्रमा राखिएको छ । काठमाडौँकै गोकर्णेश्वर नगरपालिकामा मंगलबारदेखि विद्यालय खुलेको समाचार आएपछि विद्यालय खोल्न–नखोल्नेबारेमा अन्य पालिकामा जिज्ञासा उत्पन्न भएको छ ।

यसअघि गत साउन २८ गतेदेखि यही भदौ ८ गते कायम निषेधाज्ञामा कोभिड–१९ को सङ्क्रमण तथा जोखिम दर उच्च रहेकाले यस अवधिमा पर्न जाने जनैपूर्णिमा तथा ऋषितर्पणी र गाईजात्रालगायतका पर्वलाई स्वास्थ्य सुरक्षा मापदण्डको पूर्णपालना हुने गरी परम्परागतरुपमा साङ्केतिक तवरले मनाउन र भीडभाडजन्य गतिविधि नगर्न भनिएको थियो ।

LS Auto

दोस्रो लहरको कोभिड–१९ सङ्क्रमणका कारण यस शैक्षिकसत्रको सुरुदेखि नै प्रत्यक्षरुपमा नभई अनलाइन वा अन्य सञ्चार प्रविधिको सहायतामा वैकल्पिक माध्यमबाट पठनपाठन हुँदै आएकामा पछिल्ला दिनमा सङ्क्रमणको दर केही घटेकाले ‘स्मार्ट–लकडाउनसम्बन्धी कार्यविधि, २०७८’ कार्यान्वयनमा ल्याइएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसको कार्यान्वयन योजना तयार गरेको छ ।

उक्त कार्यविधिको कार्यान्वयनका लागि हरेक मन्त्रालय र निकायले आफूसँग सम्बन्धित क्रियाकलाप कसरी सञ्चालन गर्ने भन्ने अलग अलग कार्ययोजना पेश गरेका छन् । हाल दैनिक मुलुकभर करिब दुई हजारको दरमा सङ्क्रमण दर तथा २० जना मृत्युदर देखिएको छ । कोभिडविरुद्धको खोप लगाउने कार्यमा वृद्धि भएको र खोप लगाउनेमध्ये ९० प्रतिशतमा एन्टिबडीको विकास भइसकेको विवरण स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट सार्वजनिक भएकाले भीडभाडजन्य गतिविधिलाई स्वास्थ्य मापदण्डको पालना गरेर सञ्चालन गर्न सकिने बुझाइ जनस्तरमा छ तर केन्द्रले त्यस्तो बुझाइलाई मात्रै आधिकारिता मान्दा जोखिमको खतरा हुन सक्ने जनाएको छ ।

केन्द्रका सहसचिव एवं प्रवक्ता नुरहरि खतिवडाले कार्यविधिमा जोखिमको समग्र विश्लेषण गर्ने स्पष्ट पाँच आधार दिइएको र सोअनुसार जिल्ला सङ्कट व्यवस्थापन समितिले प्राप्त तथ्याङ्कका आधारमा सम्बन्धित पालिका र जिल्लालाई सङ्क्रमणको स्तर निर्धारण गरेर कुन कुन क्रियाकलाप कसरी सञ्चालन गर्ने भन्ने निर्णय दिन सक्ने बताए । उनका अनुसार अघिल्लो हप्ताको तुलनामा चालु हप्तामा भएको परीक्षण, सङ्क्रमण र मृत्युदर, सम्बन्धित पालिका वा जिल्लाको जनसङ्ख्या, अस्पतालमा बेड क्षमता र बिरामी सङ्ख्या आदिको अलग अलग मूल्याङ्कन गरेर आएको प्राप्तङ्कलाई एकीकृतरुपमा जोडेर रेड, एम्बर, एल्लो, ग्रिन कलरले जोखिमको भ्यालुसहित स्तर निर्धारण (वर्गीकरण) गर्न सकिनेछ ।

प्रवक्ता खतिवडाले भने, “भरपर्दाे तथ्याङ्कका आधारमा यी सबै अवस्थाको विश्लेषण गरेर स्तर निर्धारण दिइएपछि सम्बन्धित क्रियाकलाप सञ्चालन गर्न सकिनेछ । यी विषयमा ध्यानै नदिइकन हचुवाका भरमा विद्यालय वा कुनै क्षेत्र खोल्ने निर्णय उपयुक्त हुँदैन । यसमा चरणबद्धरुपमा गर्नुपर्छ । शिक्षा मन्त्रालयले बनाएको कार्ययोजनालाई पालान गर्नुपर्छ ।” शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यसबारेको मन्त्रालयको कार्ययोजना चाँडै सार्वजनिक गरिने जनाउँदै रातो र एम्बर जोनमा रहेका स्थानमा वैकल्पिक माध्यमबाट पठनपाठन गर्नुपर्ने र एल्लो जोनमा रहेका स्थानमा एक तिहाइ विद्यार्थीलाई पालोपालोमा बोलाएर विद्यालय खोल्न सकिने बताए । उनले ग्रिन जोनमा रहेका स्थानमा विद्यालय पूर्णरुपमा भौतिकरुपमा खोल्न सकिने जनाउँदै ती सबै अवस्थामा मन्त्रालयको विद्यालय सञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ को पालना गर्नुपर्ने बताए ।

गत कात्तिक २० गते स्वीकृत उक्त कार्यढाँचामा विद्यालय खोल्नुपूर्व स्यानिटाइजेशनलगायतका तयारी, जोखिमको अवस्था विश्लेषणका आधारमा सम्बन्धित स्थानीय तहले जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँग परामर्श, सम्बन्धित विद्यालयको प्रस्ताव र सञ्चालन योजना तर्जुमा गरी विद्यालय सञ्चालन गर्नुपर्ने उल्लेख छ । यसरी विद्यालय पुनः सञ्चालन गर्नुपूर्व पूर्वसूचना प्रकाशन गर्नुपर्नेछ भने विद्यालय हेल्प डेस्कको स्थापना, विद्यार्थीको भौतिक दूरीको व्यवस्था आदि विषयमा ध्यान दिनुपर्नेछ ।रासस

लोकप्रीय

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२

विचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२

थप समाचार

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?
ताजा समाचार

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा
ताजा समाचार

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला
ताजा समाचार

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२
१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?
अन्तर्राष्ट्रिय

१४ करोडमा अमेरिकी गोल्डेन भिसा योजना सुरु, के छ खास ?

बिहिबार मंसिर २५ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

World News: अमेरिकाले भेनेजुएलाको तेल चोर्याे,अस्पतालमा ह*म*ला,३० जना मा*रिए || Nepal Times

00:21:38

World News: जापाननजिक रूस–चीनको गस्ती, युरोप पहिलेजस्तो सुरक्षित रहेन || Nepal Times

00:16:56

World News: नेपाल र भारतका सेनाको संयुक्त अभ्यास, पाकिस्तानमा आत*ङ्क*बादी ह*म*ला || Nepal Times

00:19:13

World News: गोवा आ*ग*लागीमा ४ नेपालीको मृ*त्यु, थाइ–कम्बोडियाबीच फेरि यु*द्ध || Nepal Times

00:22:47

World News: भेनेजुएलाले ५६०० सैनिक थप परिचालन, क्यानडाले सिरियालाई सूचीबाट हटायो || Nepal Times

00:17:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

३ सय पाकिस्तानी डुबेपछि मानवतस्करमाथि पाकिस्तान सरकारको अपरेशन

पाकिस्तानलाई १२ भागमा विभाजन गर्ने तयारी

बुधबार मंसिर २४ , २०८२
नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

नेपाली कांग्रेसको सभापतिमा कसले बाजी मार्छन ?

शुक्रबार मंसिर १९ , २०८२
प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

प्रदीप अधिकारीसँग ५ लाख धरौटी माग, तिर्न नसक्ने

बुधबार मंसिर २४ , २०८२

हालका पोस्टहरू

कुलमान पार्टी खोलेपछि पराकम्प,लोडसेडिङको अन्त्य ओलीले गरेका हुन् ?

उज्यालो अभियान्त कुलमान सबैको किन तारो बने ?

बिहिबार मंसिर २५ , २०८२
आणविक बटनसहित ५ वर्ष शक्ति मुनिरको हातमा

जेनजी परिवर्तनले नछोएको कांग्रेस, मैदानमा सबै बृद्ध

बिहिबार मंसिर २५ , २०८२
ओलीले योगेश भट्टराईसँग लिए बदला

ओली पाण्डव हुन् ?बालुवाटारबाट भागेका होइनन्,जेनजी सम्झौता कलाविहीन

बिहिबार मंसिर २५ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.