भक्तपुरमा एकीकृत समाजवादी झन्डै निल, वडाध्यक्षदेखि सांसदसम्म एमालेमा

भक्तपुरमा एकीकृत समाजवादी झन्डै निल, वडाध्यक्षदेखि सांसदसम्म एमालेमा

१६ भदौ, भक्तपुर ।

भक्तपुरमा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी निकै कमजोर देखिएको छ । एमालेबाट विभाजन भई एकीकृत समाजवादी गठन भए पनि भक्तपुरमा अधिकांश वडाअध्यक्षदेखि सांसदसम्म मूल पार्टीमै बसेका हुन् ।

दुई संघीय निर्वाचन क्षेत्र, चार प्रदेश निर्वाचन क्षेत्र, जिल्ला समन्वय समिति र चारवटा स्थानीय तहमा एमाले पहिलो पार्टी रहे पनि एकीकृत समाजवादी झन्डै निलको अवस्थामा छ ।

चार वर्ष अघि स्थानीय तहको निर्वाचनमा एमालेबाट र संघको निर्वाचनमा वाम गठबन्धन (एमालेतर्फ) बाट विजयी भएका भक्तपुरका वडाध्यक्षदेखि सांसदले पार्टी विभाजनमा केपी शर्मा ओली नेतृत्वको एमालेलाई साथ दिएका हुन् ।

भक्तपुरमा प्रतिनिधिसभा सदस्यका लागि दुई निर्वाचन क्षेत्र छन् । जसमा निर्वाचन क्षेत्र नम्बर १ बाट एमाले नेता महेश बस्नेत र २ बाट नेपाल मजदुर किसान पार्टीका नेता प्रेम सुवाल संघीय सांसद छन् । बस्नेत एमाले अध्यक्ष ओलीका विश्वास पात्र मानिन्छन् । उनले तल्लो कमिटीका नेता, कार्यकर्तालाई मूल पार्टीमै ल्याएका छन् ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.