नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकलाई प्रवेश दिइने

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा दर्शकलाई प्रवेश दिइने

१६ भदौ, काठमाडौं ।
नेपाल र भारतबीच हुने मैत्रीपूर्ण खेल दर्शकसहित खेलाइने भएको छ । कोरोनाका दुवै खोप लगाएका अथवा पिसिआर परिक्षणबाट नेगेटिभ आएकालाई रंगशालामा प्रवेश दिइने एन्फाले जनाएको छ ।

दशरथ रंगशालामा बुधबार साँझ ५ः३० बजे सुरु हुने पहिलो खेल हेर्नका दुवै खोप लगाएकाले खोप कार्ड देखाउने तथा खोप नलगाएकाले पिसीआर परिक्षणको रिपोर्ट देखाउनु पर्नेछ ।

सरकारले तोकेको मापदण्ड पूरा गर्दै दर्शकलाई प्रवेश दिने गरि तयारी भइरहेको बताइएको छ । एन्फाले पहिलो खेलका लागि ५ हजार १ सय दर्शकको स्वीकृतिका लागि सरकारलाई प्रस्ताव गरेको अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् ।

मन्त्रालय र प्रशासनबाट आवश्यक स्वीकृति आइसकेक उनले जानकारी दिए । दर्शक प्रवेशका लागि रंगशालाका पाँच वटा गेट प्रयोग गरिने भएको छ । टिकट मूल्य भने आज साँझसम्म तय हुन एन्फाले जनाएको छ ।

नेपाल र भारतबीच ६ वर्षपछि दशरथ रंगशालामा खेल हुँदैछ । सन् २०१५ मा विश्व कप छनोटको दोस्रो खेलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.