१६ भदौ, काठमाडौं ।
नेकपा एमालेले सभामुख र निर्वाचन आयोग विरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ ।
अधिवक्ता बाबुराम दाहालका अनुसार एमालेले सर्वोच्च अदालतमा तीनवटा रिट निवेदन दर्ता गरेको हाे। एमाले फुटाउन निर्वाचन आयोग, संघीय संसदका सभामुख र लुम्बिनी प्रदेशका सभामुखले कानूनविपरीतको भूमिका खेलेको भन्दै एमाले सर्वोच्च गएकाे हाे ।