१६ भदौ, काठमाडौं ।
काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि (बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको हाे । काेराेना महामारीका कारणा सिनेमा हलहरु वैशाख पहिलो साताबाट बन्द रहेका थिए ।
‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको छ । पालना भए नभएको प्रशासनबाट अनुगमन हुनेछ ।’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने ।
साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् । प्रशासनले हल खोल्न अनुमति दिए पनि कुनै पनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले तत्काल नयाँ चलचित्र प्रदर्शन हुने सम्भावना छैन ।









