उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय

उपत्यकाका सिनेमा हल सञ्चालन गर्न दिने निर्णय

१६ भदौ, काठमाडौं ।

काठमाडौं उपत्यकाका सिनेमा हलहरु भोलि (बुधबार) बाट सञ्चालन गर्न दिने निर्णय भएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरका तीन प्रमुख जिल्ला अधिकारीको बैठकले बुधबारबाट हल सञ्चालन गर्न दिने निर्णय गरेको हाे । काेराेना महामारीका कारणा सिनेमा हलहरु वैशाख पहिलो साताबाट बन्द रहेका थिए ।

‘स्वास्थ्य सुरक्षाका मापदण्ड पालन गरेर चलचित्र घरहरुलाई सञ्चालन गर्न दिने निर्णय भएको छ । पालना भए नभएको प्रशासनबाट अनुगमन हुनेछ ।’ काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने ।

साढे ४ महिनापछि हलहरु सञ्चालनमा आउन लागेका हुन् । प्रशासनले हल खोल्न अनुमति दिए पनि कुनै पनि निर्माताले प्रदर्शन मिति तय नगरेकाले तत्काल नयाँ चलचित्र प्रदर्शन हुने सम्भावना छैन ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.