गैँडाको आक्रमणबाट दराईको मृत्यु

गैँडाको आक्रमणबाट दराईको मृत्यु

१६ भदाै, चितवन ।

पश्चिम चितवनको जगतपुरमा गैँडाको आक्रमणबाट एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका-२३ की ३८ वर्षीया सम्झना दराई रहेको इलाका प्रहरी कार्यालय गीतानगरले जनाएको छ ।

कार्यालयका अनुसार स्थानीय हरियाली सामुदायिक वनमा घाँस काट्न गएकी दराईलाई आज दिउँसो २:३० बजे गैँडाले आक्रमण गरेको थियो ।

गैँडाको आक्रमणबाट गम्भीर घाइते दराईको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको हो । उनको दिउँसो ३:२५ बजे मृत्यु भएको हो । रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.