हट्यो काठमाडाैँ उपत्यकाको निषेधाज्ञा

हट्यो काठमाडाैँ उपत्यकाको निषेधाज्ञा

१६ भदाै, काठमाडौं।

कोभिड १९ को संक्रमण रोक्नका लागि काठमाडाैँ उपत्यकामा लगाइएको निषेज्ञाधा हटाइएको छ ।

उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको आज बसेको बैठकले भोलिदेखि लागू हुने गरी निषेधाज्ञा हटाउने आदेश जारी गरेको हो । नयाँ आदेश अनुसार जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँगको समन्वयनमा विद्यालयहरु सञ्चालन गर्न सकिने जनाइएकाे छ ।

यसैगरी भिडभाड नगर्न, जात्रा, महोत्सव तथा भोज आयोजना नगर्न, चाडपर्वहरु सांकेतिक रुपमा मात्र मनाउन समेत भनिएकाे छ । स्वास्थ्यका मापदण्डहरु पालना नगरेमा कारबाही गर्ने जनाइएकाे छ ।

काेराेना संक्रमण बढेको पाइएमा आदेशमा भएका व्यवस्थाहरु पुनरावलोकन गर्न सकिने पनि सूचनामा उल्लेख गरिएकाे छ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.