आज यी नदीमा आउनसक्छ बाढी

आज यी नदीमा आउनसक्छ बाढी

१७ भदौ, काठमाडौं ।

देशका विभिन्न स्थानमा बाढी, पहिरो तथा डुबानको जोखिम अझै रहेको छ।

बिहिबार बाढी पूर्वानुमान महाशाखाले कहाँ–कहाँ बाढीको जोखिम छ भनेर सूचना दिएको छ । महाशाखाका अनुसार आज कोशी र यसका सहायक नदीहरू, नारायणीका सहायक नदीहरू विशेषगरी बुढीगण्डकी, मर्स्याङ्दी लगायतमा बहाव बढ्ने र केहीमा सतर्कता आसपास पुग्न सक्ने, कन्काई, बागमती, पूर्वी राप्तीमा बहाव बढ्नसक्ने सम्भावना रहेको छ ।

साथै, नदीतटीय क्षेत्रका क्रियाकलापमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.